संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन वटा आक्रमणकारी ड्रोनलाई ध्वस्त पारेको छ ।
मन्त्रालयका अनुसार बुधबार बिहान आएका ड्रोन मानवबस्ती भन्दा टाढै थिए । लेबनानको इरानपक्षीय टेलिभिजन च्यानल अल मायादीनले इराकको एक मिलिसियाले पछिल्लो घटनाको जिम्मा लिएको बताएको छ ।
बुधबार यूएईको रक्षा मन्त्रालयले आक्रमणकारी ड्रोनलाई आकाशमै रोकेर ध्वस्त पारेको भन्दै ट्विटरमा लेखेको छ’, ‘रक्षा मन्त्रालयले कुनै पनि खतरासँग जुध्न तयार छ भनेर प्रस्ट पार्न चाहन्छौं र मन्त्रालयले मुलुक तथा आफ्नो भौगोलिक क्षेत्र जोगाउन सबै उपाय समेत अपनाइरहेको छ ।’
अमेरिकी रक्षामन्त्री लियोड अस्टिन र अबुदबीका राजकुमार मोहम्मद बिन जायद अल नाहेनबीच भएको टेलिफोन कुराकानीपछि अमेरिकाले ‘यूएईविरुद्ध जारी खतरामा सघाउन’ युद्धपोत र लडाकु जहाज पठाउन लागेको समाचारमा उल्लेख छ ।
यमनका हुथी समूहसँग लडिरहेको अरब गठबन्धनलाई सघाइरहेको यूएईमा गत महिना ३ पटक मिसाइल हमला भएको थियो । ती हमलामा परी तेल कम्पनीमा काम गर्ने तीन जनाको मृत्यु भएको थियो ।
यूएईको रक्षा मन्त्रालयले जनाएको हो ।