इरानका एक ५० वर्षीय एबोलफाजल मोख्तारीले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् ।
बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् ।
आफुले जुनसुकै चिज पनि आफ्नो शरीर सन्तुलनमा अड्याउन सक्ने उनी बताउँछन्। समतल सतह भएका प्लास्टिक, गिलास, फलफूल, ढुंगा, काठदेखि बच्चासमेत उनले जिउमा टाँसेर अड्याउन सक्दछन् ।
यसअघि शरीरमा सबैभन्दा धेरै चम्चा अड्याउने कार्यको किर्तिमान स्पेनको मार्कोस रुइज सेबालोसको नाममा थियो । उनले जिमा ६४ वटा चम्चा अड्याएका थिए ।