News in Nepali

आइएस का ५०० भन्दा बढी लडाकूहरूले सिरियाली सुरक्षा फौज समक्ष गरे आत्मसमर्पण

Lumbinikhabar Online

सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरूले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गरेका सवै लडाकूहरू कारागारमा राखिएका थिए । यही जनवरी २० मा लडाकूहरूले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए । त्यही बेलामा धेरै लडाकूहरूलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।

लडाकू र सुरक्षाकर्मीहरूका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौं मानिस विस्थापित भएका छन् ।

Tags

छुटाउनु भयो कि ?