News in Nepali

रुसको कोरोना अस्पतालमा नर्सले पि पि इ भित्रको कप्डा निकालिन

Lumbinikhabar Online

रुसको तुलामा रहेको एक अस्पतालमा काम गर्ने एक नर्सले पारदर्शी सुरक्षा कवचभित्र बिकिनी मात्र लगाएर उपचारमा खटिएपछि त्यसको व्यापक चर्चा भएको छ ।ती महिला नर्सलाई प्लास्टिकको सुरक्षा कवच लगाएको अनि औषधि भरिएको ट्रे बोकेको अवस्थामा तस्वीर लिइएको थियो । उनले दिनभरि भारीभरकम पीपीई लगाउँदा गर्मी भएर भित्री वस्त्र बाहेक अन्य लुगा फुकालेकी थिइन् । समाचार प्रकाशित भएपछि स्थानीय स्वास्थ्य अधिकारीहरूको ध्यान खिचिएको छ । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले नर्सलाई चेतावनी दिँदै उनले निर्दे्शिकाहरूको उल्लंघन गरेको बताएको छ ।‘कर्मचारीहरूलाई स्वस्थ कपडा लगाउन र मर्यादित देखिनुपर्ने नियम पालन गर्न भनिएको छ,’ मन्त्रालयले भन्यो ।मन्त्रालयले नर्सबाट नियम भंग भएको भनी आपत्ति जनाएपनि अधिकांश जनताले कोभिड–१९ का रोगीको उपचारमा खटिएर अहोरात्र मेहनत गरेको भन्दै नर्सको प्रशंसा गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?