कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ १ गते देखि रूपन्देहीको अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको अस्पतालले सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ । एक साता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६