ललितपुरको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।
स्रोतका अनुसार आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने बताइएको छ ।