संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार बिहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको उहाँकाे सचिवालयले जनाएकाे हाे।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र हाेम आइसोलेशनमा बसिरहनु भएको छ जनाइएको छ ।