News in Nepali

अन्तर्राष्ट्रिय सिमाना खोलेपछि कोरोना संक्रमितको दैनिक एक लाखभन्दा बढी

Lumbinikhabar Online

अष्ट्रेलियाले करीब डेढ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सिमाना खोलेपछि देशभर कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या १० लाख नाघेको छ ।

अष्ट्रेलियाभरी दैनिक करीब एक लाखभन्दा बढीको संख्यामा संक्रमितहरू थपिएका छन् ।भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टा भित्रमा ४४ हजार १५५ जना नयाँ संक्रमितहरू थपिएका छन् । त्यस्तै, सबैभन्दा बढी जनसंख्या भएको न्यू साउथ वेल्स राज्यमा ३० हजार ६२ जना नयाँ संक्रमितहरू थपिएका छन् । त्यति मात्र होइन, बोर्डर खोल्नु अघिसम्म महामारीले नछोएको तास्मानिया राज्यमा सोमबारमात्र करीब एक हजार ५०० नयाँ संक्रमितहरू थपिएका छन् ।

Tags

छुटाउनु भयो कि ?