न्यूयोर्कको ब्रोन्क्स अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ भने घाइते ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मृत्यु हुनेमा नौ जना बालबालिका रहेको स्रोतले जनाएको छ ।
अधिकारिका अनुसार १९ तले उक्त भवनका हरेक तलामा घाइतेहरुलाई फेला पारेको र त्यहाँ अत्यधिक धुँवा भएको बताएका छन् । स्थानीय समय अनुसार आइतबार राति ११ बजे उक्तअपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । तर त्यसको धुँवा सबै तलामा फैलिएको पाइएको छ । करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।