राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफूले परिवार र देशका लागि क्रीकेट खेल्ने बताएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र हुनुपर्छ भन्ने पनि हाेइन । म पहिला पनि खेलिरहेकाे थिएँ र अहिले पनि खेल्छु । देशका लागि खेल्छु, मेराे लागि खेल्छु, परिवारकाे लागि खेल्छु । त्याे नै मुख्य उद्देश्य हो’ ज्ञानेन्द्रले भने ।
नेपाल क्रिकेट संघ (क्यान) संग विवादित विषयमा सहमति भएपछि पूर्वकप्तान ज्ञानेन्द्रसहित ९ खेलाडी मंगलबार बन्द प्रशिक्षणमा उपस्थित भएका हुन् ।