कोभिड-१९

बेलायतमा ओमिक्रोन भेरियन्टबाट अहिलेसम्म १२ जनाको मृत्यु

Lumbinikhabar Online

बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ। तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानाकारी दिए । पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म दैनिक संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

Tags

छुटाउनु भयो कि ?