चिलीमा ३५ वर्षीय गाब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी चिलीको राष्ट्रपति बन्ने सबैभन्दा कान्छा व्यक्ति हुन्।चिलीमा राष्ट्रपति बन्न ३५ वर्ष पुगेकै हुनुपर्छ। चुनावी अभियान सुरू गर्दा बोरिक ३४ वर्षका थिए।
द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपतिका लागि भएको चुनावको ९८ प्रतिशत मतगणना हुँदा बोरिकले ५५ प्रतिशत पाएका छन् भने उनका प्रतिष्पर्धी जोस एन्टिनिओ कास्टले ४४ प्रतिशत मत ल्याएका छन्। कास्टले सामाजिक सञ्जालमार्फत् हार स्वीकार्दै बोरिकलाई बधाई दिइसकेका छन्।
न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपतिका लागि भएको चुनावको ९८ प्रतिशत मतगणना हुँदा बोरिकले ५५ प्रतिशत पाएका छन् भने उनका प्रतिष्पर्धी जोस एन्टिनिओ कास्टले ४४ प्रतिशत मत ल्याएका छन्। कास्टले सामाजिक सञ्जालमार्फत् हार स्वीकार्दै बोरिकलाई बधाई दिइसकेका छन्।