नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताउनुभएको छ ।आज प्रेस विज्ञप्ति निकाल्दै एस्तो बताउनुभएको हो ।
चुनावमा आफूलाई प्राप्त भएको मतको सम्मान गर्दै पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
साथै उहाँले सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।