News in Nepali

मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याइयो

Lumbinikhabar Online

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन र अर्को ६ महिना बुङ्मतीमा राखिने चलनअनुसार दिउँसो तःबहाल ल्याइएको हो ।

मच्छिन्द्रनाथलाई पाँच बजे मन्दिर भित्र्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । ‘हामीले पौने ३ बजे बुङ्मतीबाट करुणामयलाई बोकेर हिँडेका थियौँ,’ शाक्यले भने

गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए । ‘भगवानलाई पाटन ल्याउने चार दिन अघिदेखि हामीले एक छाक चोखो खाएर आवश्यक नियम पालना गरेर बसेका थियौँ,’ बज्राचार्यले भने ।

यही मङ्सिर ९ गते आफूहरू बसेर हेरेको साइतअनुसार आज मच्छिन्द्रनाथलाई पाटन ल्याइएको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

:- रासस

Tags

छुटाउनु भयो कि ?