News in Nepali

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

Lumbinikhabar Online

  1. आज काठमाडौमा आयोजित एक कार्यक्रममा  सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

उक्त कार्यक्रममा सरकारवाला निकाय तथा चर्चित साहित्यकारहरुको उपस्तिथि रहेको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए ।  मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताए ।

‘उहाँ स्वर्गारोहण पछि पनि हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ कालजयी हुनुहुन्छ । उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ । यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसाथ गर्नेछन् ।’ मन्त्री कार्कीले भने, ‘यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे सदैव पुस्तौँपुस्तासम्म उहाँको संस्मरण रहिरनेछ । त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ । यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो ।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी पुत्री  डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन्। पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?