बुधबार शेयर बजारमा भारी गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।
‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ ।बुधबार दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।