बिबिध

वरिष्ठ सौन्दर्यविद मेनुका शिवाकोटीलाई सौन्दर्यकर्मी सम्मान

Lumbinikhabar Online

सौन्दर्य कलाक्षेत्रमा लोकप्रियता हासिल गरे संगै हजारौंलाई व्युटिसियन तालिम दिइ रोजगारी श्रृजना गरि धेरैलाई रोजगारीको अवसर प्रदान गर्ने वरिष्ठ सौन्दर्यविद मेनुका सिवाकोटी वरिष्ठ सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भएकी छिन । ओम शान्ति व्यूटि क्लिनिक एण्डट्रेनिङ्ग सेन्टरकी प्रमुख समेत रहेकी शिवाकोटी यस अघि पनि थुप्रै संघ संस्थाबाट सम्मानित भैसकेकी छिन ।
क्रियटिभ ईन्साइट मिडियाको आयोजना तथा रोज शिप बिकाश तालिम केन्द्रको ब्यबस्थापनमा सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि “नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड” कार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्मेटिक प्रोडक्ट, कस्मेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड सम्पन्न गरिएको आयोजक तथा वरिष्ठ सौन्दर्यबिद सोनी कारंजितले जानकारी दिईन । प्रमुख अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ अवार्ड तथा सम्मान गरिएको थियो।

Tags

छुटाउनु भयो कि ?