अफगानिस्तानको सत्ता कब्जा गरेपछि केही दिनअघिसम्म तालिबानले पहिलेजस्तो महिलालाई कडाइ नगर्ने समान अधिकार दिने बताइरहेको थियो। तर उसले आफ्नो पुरानै शैली सुरु गरेको छ।
तालिबानले आइतबारदेखि केटा र केटीलाई सँगै पढ्न प्रतिबन्ध लगाएको हो। यति मात्र होइन, तालिबानी आदेशअनुसार अब पुरुष शिक्षकले महिला विद्यार्थीलाई पढाउन पनि पाउँदैन।
एक दिनअघि मात्र शेख अब्दुल बाकी हक्कानीलाई तालिबानले उच्च शिक्षान्त्री नियुक्ति गरेको छ। यसअघि अफगानिस्तानको पूर्वी हेरात सहरमा केटा र केटी एउटै कक्षामा पढ्न नपाउने आदेश जारी गरिएको हो।