जेलमा रहेकी बोलिभियाकी पूर्वराष्ट्रपति जिनिन अनेजले आत्महत्याको प्रयास गरेकी छन्।
कू र नरसंहार गरेको आरोपमा गिरफ्तार भएकी अनेजले शनिबार आफ्नो बायाँ नाडीमा काटेको बताइएको छ।
‘डाक्टरले उनको बायाँ नाडीमा तीन ठाउँमा काटिएको फेला पारे,’ अनेजकी वकिलले भनेकी छन्।
अहिले उनको स्थिति सामान्य भएको गृहमन्त्री एडुवार्डो डेल क्यास्टिलोले बताए।
सन् २०१९ मा पूर्वराष्ट्रपति एभो मोरालेसको सरकारलाई अपदस्थ गरी अनेज राष्ट्रपति बनेकी थिइन्।
त्यसपछि आन्दोलनमा चरम दमन गरेको, गैरन्यायिक हत्या गरेकोलगायताका आरोप उनीमाथि छ।