लेबनानस्थित अक्कार क्षेत्रको तलाइलमा एक तेल ट्याङ्करमा विस्फोट भएको छ । उक्त विस्फोटमा २० जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।
घटनास्थलबाट २० जनाको शव निकालिएको र ७९ जना घाइतेको उद्धार गरिएको रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । लेबनानको रेडक्रस घाइतेको उद्धारमा खटिएको समाचारमा जनाइएको छ ।
बीबीसीका अनुसार विस्फोटको घटनापछि पूर्वप्रधानमन्त्री साद हरिरीले राष्ट्रपति माइकल एउनको राजीनामा माग गरेका छन् । ‘लापरबाही’का कारण उक्त विस्फोट भएको भन्दै उनले जिम्मेवार अधिकारीहरूले पदबाट राजीनामा दिनुपर्ने र राष्ट्रपतिले त्यसको सुरुवात गर्नुपर्ने उनको भनाइ छ ।