टप खबर

यसु थापाद्वारा ‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी घोषणा

Lumbinikhabar Online

लामो समयदेखि बेल्जियममा बसेर व्यापार व्यबसाय गर्दै आउनुभएकी यसोदा थापा(यसु)ले
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।
समाजसेवामा सक्रिय थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २६ मा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनले एनआरएनए बेल्जियमको महिला संयोजक, उपाध्यक्ष, सल्लाहकार लगायतको पदमा रहेर ५ कार्यकाल काम गरेकी छन् ।

उनी बेल्जियमका विभिन्न संस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम, कास्की समाज लगायतमा आवद्ध भै समाजसेवामा निरन्तर लागि पर्दै आईरहेकी छिन । साहित्य तथा कला क्षेत्रमा उनको योगदानले राष्ट्रिय अन्तरराष्ट्रिय अवार्ड समेत जित्न सफल भएकी छिन । विगतमा एनआरएनएमा वसेर आफुले गरेका केही योगदानका कारण आफुलाई थप जिम्मेवारी वहन गर्न बेल्जियमवासी गैर आवासीय नेपाली समुदायहरुको माग बमोजिम उहांहरुको मागको कदर गर्दै उक्त पदमा उम्मेदवारी दिन लागेको थापाले बताईन ।

यसु थापाद्धारा जारी विज्ञप्ति

आदरणीय बेल्जियमबासी गैर आवासीय नेपाली एबम नेपाली दाजुभाइ,दिदीबहिनी,आमाबुबाहरु ।

एनआरएनए बेल्जियमका संस्थापक,अग्रज,अभियान्ता एबम अन्तरास्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदका मेरा आदरणीय तथा समकक्षी र प्रिय दोस्रो पुस्ताका भाई बहिनीहरु ।

गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न जुलाई १८ र जुलाई २६ मा सम्पन्न हुन गैरहेको अधिबेशन तथा निर्बाचन प्रकृयाका सन्र्दभमा सर्बप्रथम त आफ्नो अमुल्य समय प्रदान गरि आफ्नो कार्यकाल पुरागर्दै गरेको निबर्तमान हुन गैरहेको समितिलाई हार्दिक धन्यबाद दिन चाहन्छु।

सस्थाको अधिबेशनले नयाँ नेतृत्व नयाँ कार्यक्रम र भाबी रणनीतिहरु तय गर्दै अगाडि बढ्ने सबैमा सर्बबिधीतै छ।
नेपाली डायस्पोराका सम्पुर्ण नेपालीहरुको साझा संस्थामा बेल्जियमका सम्पुर्ण महानुभाबहरुको उत्सास जनक उपस्थितीमा २१६२ साधारण सदस्य बिधुतीय माध्यम बाट बन्नू त्यत्तीकै महत्वपुर्ण छ।

सस्थाको यस अभियानमा जोडिनु भएका सम्पुर्ण सदस्य ज़्युहरुलाई हार्दिक नमन गर्दछु।

एनआरएनए बेल्जियमको स्थापना कालदेखि अबिछिन्न रुपमा यस सस्थामा बसेर काम गर्ने अबसर मिल्यो जुन मेरो लागी अत्यन्तै सुखद पक्ष हो।

संस्थाको सदस्य,महिला सम्योजक,उपाध्यक्ष,सल्लाहकार हुदै यस सस्थामा ५ कार्यकाल काम गरेको स्मरण गर्दै अन्य सामाजिक सस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम,कास्की समाज र साहित्यिक एबम कला र सस्कृति तर्फको आफ्नो समर्पणको बारेमा तपाईहरु जानाकर हुनुहुन्छ ।

मानिष स्वभाबिक रुपमा सामाजिक प्राणी हो समाज रुपान्तरणको लागी आबस्यक राजनिति र बिचारलाई पनि हामी आत्मसाथ गरिरहेका हुन्छौ बैचारिक हिसाबले बेल्जियममा रहदै गर्दा नेपाली काँग्रेसको आधिकारीक सस्था नेपाली जनसम्पर्क समिति वेल्जियमको सदस्य,उपसभापति र सल्लाहकारको रुपमा समेत भुमिका निर्वाह गरेको यहाँहरु सबैमा बिधितै छ।

बिगत दुई कार्यकाल बेल्जियमको नेपाली समुदाय बिच सहमतीका लागी आफ्ना चाहनालाई पछाडि राख्दै समाजको एकताको लागि अन्य संस्थामा जिम्मेबारीमा बसेर कार्यसम्पादन गरि आउदै गरेको एनआरएनए बेल्जियमको २०२१, २०२३ कार्यकालका लागी बेल्जियमबाट बिधानत प्रतिनीधित्व हुने दुई जना केन्द्रिय सदस्य ९आईसिसि० पदमा मैले आफुलाई योग्य ठानेर तपाईहरुको सामु उपस्थीत भएकी छु । बेल्जियमबासी गैरआवासीय नेपालीहरुले मेरो अनुरोध लाई स्वीकृत गरि अनुमोदन गरिदिनु हुनेछ।

एनआरएनए बेल्जियमलाई सबै बिचार, बर्ग,समुदाय, युबा पुस्ता,दोस्रो पुस्ता,महिला सहितको समाबेशी सर्बसम्मत नेतृत्व चयन गर्न एक कदम अगाडि र एक कदम पछाडि बस्ने प्रतिबद्दता जाहेर गर्दछु ।

जय नेपाल जय एनआरएनए
यसोदा थापा (सुबेदी)
एनआरएनए अभियान्ता
आईसिसि सदस्य उम्मेदबार

कार्यकाल २०२१, २३, बेल्जियम

Tags

छुटाउनु भयो कि ?