खेलकुद

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकपको फाइनलमा

Lumbinikhabar Online

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । वेम्बली स्टेडियममा भएको सेमी फाइनल खेलमा  इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

Tags

छुटाउनु भयो कि ?