समाचार

चलखेलको आरोपमा ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि सिबिफिनको आपत्ती

Lumbinikhabar Online

सेयर बजारमा चलखेल गरेको आरोपमा धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ती जनाएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नियामक निकायको काम बजारमा अवाञ्छित क्रियाकलाप हुन नदिनु र त्यसलाई नियमन तथा नियन्त्रण गर्नु बोर्डको कर्तव्य भएपनि कम्पनीको पहिचान र प्रतिष्ठामाथि नै आच पु¥याउने काम गर्नु नभएको भन्दै विरोध जनाएको हो ।पछिल्लो पटक धितोपत्र बोर्ड मार्फत सार्वजनिक भएका ५१ कम्पनीहरुले अहिले सोही नियति व्यहोरिरहेको र सो प्रति परिसंघको गम्भिर ध्यानाकर्षण भएको सिबिफिनले जनाएको छ ।

यसले सेयर बजारको सन्तुलन र आम लगानीकर्ताहरु समेत प्रभावित भएको भन्दै परिसंघले नियामक निकाय धितोपत्र बोर्डलाई संयमित हुन आग्रह गरेको छ ।

नेपाल धितोपत्र बोर्डले गत मंगलबार सेयर बजारमा चलखेल गरेर कम्पनीको सेयर मूल्य बढाएको आरोप लगाउदै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । यसलाई लिएर अहिले बजारमा बोर्डको तिब्र विरोध भइरहेको छ ।

यता, बजार, लगानीकर्ता र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समेत सो कार्यको विरोध गरिरहेका बेला उता बोर्डले भने आफुहरुले गलत नगरेको र सो निर्णयबाट पछि नहट्ने स्पष्ट पारिसकेको छ ।

Tags

छुटाउनु भयो कि ?