खेलकुद

फ्रान्सले राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गरेको छ

Lumbinikhabar Online

विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको हो ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।

डिफेन्डर हुमेल्सले २०औँ मिनेटमा आत्मघाती गोल गरेका थिए  । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

Tags

छुटाउनु भयो कि ?