प्रहरीले आफ्नै भतिजीलाई जबरजस्तीकरणी गर्ने काकालाई नियन्त्रणमा लिएको छ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका २ का १९ वर्षिया पुरुष लाई आफ्नै दाईकी छोरी लाई जवरजस्ती करणी गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका उनले मंगलबार नाताले भजिती पर्ने अर्थात दाइको १० वर्षिया छोरीलाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जगंलमा लगेर करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार पीडित बालिकाकी आमाले भने घटनाको दुई दिनपछि बिहिबार मात्रै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।