News in Nepali

डोनल्ड ट्रम्पले वाइट हाउसमा शान्ति पाठ लगाएका छन ।

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्ति पाठ लगाइएको छ। वैदिक परम्पराअनुसार हिन्दु पण्डितले ह्वाइट हाउसको रोज गार्डेनमा शान्ति पाठ गरिदिएका हुन्। राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्ति पाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य, सुरक्षा र सहज जीवनयापनका लागि प्रार्थना गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामीनारायण मन्दिरका पण्डित हरिश ब्रह्मभट्टलाई शान्तिपूजाका लागि ह्वाइटहाउमा निमन्त्रणा गरेका थिए। शान्तिपूजा सम्पन्‍न भएपछि ट्रम्पले पण्डितलाई धन्यवाद दिँदै अहिले अमेरिका कोरोनाविरुद्ध भयंकर लडाइँमा व्यस्त रहेको बताए।

Tags

छुटाउनु भयो कि ?