नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधी ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएका छन्।
शनिबार बालुवाटारमा बसेको उनी पक्षीय स्थायी कमिटी बैठकले ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जबाफ अनुसार थप कारवाही अघि बढाउने निर्णय गरेको हो ।