भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसकिने बताएका हुन् ।
‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज खोपबाट खोप कार्यक्रम शुरू गरिएको थियो । पछि फागुन ९ नेपालले खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज भारतले पठाएकोमा बाँकी खोप भारतले हालसम्म पठाएको छैन ।