नेपालमा आज मात्रै अक्सिजन नपाएर कम्तीमा १६ जना बिरामीको मृत्यु भएको छ । बीबीसी हिन्दीले नेपालका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै अक्सिजनको अभावमा मुलुकको दक्षिणी भेगमा कम्तिमा १६ जना कोभिड–१९ जना बिरामीको मृत्यु भएको बताएको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणका बिरामी ह्वात्तै बढेका छन् र अस्पतालहरुले बिरामीका लागि अत्यावश्यक औषधि र अक्सिजनको माग गरिरहेका छन् ।
कोरोना महामारीका कारण भारतले अक्सिजन निर्यातमा प्रतिबन्ध लगाएपछि हाल नेपालमा अक्सिजनको अभाव भइरहेको छ। कोरोनाको दोस्रो लहरका कारण भारतको छिमेकी नेपाल पनि नराम्ररी प्रभावित भएको छ । गत २४ घण्टामा नेपालमा ९ हजारभन्दा बढी संक्रमणका केस भेटिएका छन् ।