नेपाली सेनाको हेलिकप्टरले भैरहवामा आवश्यक ४० अक्सिजन सिलिन्डर एयरलिफ्ट गएर पुर्याएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अनुरोधमा बुधबार बेलुकी काठमाडौंबाट गएको सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पुर्याएको सेनाले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजन अभावका कारण अस्पतालमा बिरामीहरूको ज्यान जोखिममा परेपछि हेलिकप्टरबाटै भए पनि ५० थान अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको जानकारी दिए। तामाङले रुपन्देहीको उत्पादनले धान्न नसकेपछि तत्काल समस्या समाधान गर्न अक्सिजन सिलिण्डर ल्याइएको बताए। तामाङका अनुसार बुधबार ल्याइएका अक्सिजन सिलिण्डर भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाइने छ। बुधबार बाराको सिमराबाट र चितवनबाट ४१ थान सिलिण्डर नेपाली सेनाले ल्याएको र थप एक सय सिलिण्डर बिहीबार बिहान ल्याइने तामाङले बताए।
यसैगरी, खाली भएका सिलिण्डर भर्न बुटवलबाट पोखरा, चितवन, वीरगन्ज, विराटनगर लगायतका स्थानहरूमा पठाइएको र ती सिलिण्डरसमेत आउने क्रममा रहेको तामाङले बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६