राजनीति

कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

Lumbinikhabar Online

नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण मंगलवार साँझ निधन भएको छ ।

चार दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका चौलागाईंको मंगलवार निधन भएको एमालेले जनाएको छ । वागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाई एमालेका प्रभावशाली नेता थिए ।

युवा संघका पूर्व अध्यक्ष चौलागाईं दोलखाबाट दुई पटक प्रतिनिधिसभा/संविधानसभा सांसद निर्वाचित भएका थिए ।चौलागाईं २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए ।

Tags

छुटाउनु भयो कि ?