कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कडाइका साथ निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
यसअघिको निषेधाज्ञा २९ गते समाप्त हुन्छ । त्यसपछि दुई साता फेरि हुनेछ । अलपत्र परेकाहरूलाई भने घर पठाइने प्रबन्ध समेत मिलाइने बताइएको छ ।