राजनीति

के पाउलान त प्रधानमन्त्री ओली ले विश्वास को बहुमत ? कति चाहिन्छ बहुमत को लागि !!

Lumbinikhabar Online

प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ । संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। आन्तरिक विवादमा फसेको एमालेका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिन सक्ने आंकलन पनि हुँदै आएको छ । एमालेका सबै सांसदहरुले ओलीलाई मत दिए पनि सरकार टिकाउन चाहिने मत अपुग हुने छ । किनभने ६१ सांसद रहेको कांग्रेस र ४९ सांसद रहेको नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेका छन् । अंकगणितको हिसाबमा सत्ता समीकरणमा निर्णायक मानिएको जसपाका हाल कायम ३२ सांसद छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?