संसद अधिवेशन सुरु हुन एक दिनअघि बिहीबार स्वाब संकलन गराएका सांसदहरूको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आज ४४० जना को रिपोर्ट नेगेटिभ आएको छ जस्मद्धे २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् । बिहीबार प्रतिनिधिसभाका र राष्ट्रिय सभाका स्वाब संकलन गरिएको थियो ।सबै को रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार पनि सांसद र कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो । आज स्वाब संकलन गरिएका सांसदहरूले संसद बैठकमा भाग लिन पौने छैनन् । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६