टप खबर

२२ जनालाई जानाजान कोरोना सार्ने व्यक्ति गिरफ्तार

Lumbinikhabar Online

स्पेनमा २२ जना मानिसलाई जानाजान कोरोना भाइरस सारेको आरोपमा एक व्यक्ति गिरफ्तार भएका छन्।

स्पेनिस टापु क्षेत्र मालोर्काका ४० वर्षका व्यक्तिले कोरोना भाइरसको लक्षण देखिएपछि पीसीआर परीक्षण गरेका थिए।

तर उनी क्वारेन्टिनमा नबसी बाहिर डुलेर हिँडेका थिए। उनको रिपोर्ट पोजिटिभ आएको थियो।

प्रहरीका अनुसार १०४ डिग्री फरेनहाइट ज्वरो आउँदासमेत उनी कार्यालय गएका थिए। उनी जोडसँग बिना मास्क खोक्थे।

उनले आफ्ना सहकर्मीहरुलाई कोरोना भाइरस उपहार दिन्छु भन्थे।

उनी कोरोना संक्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीबाट २२ जनामा कोरोना फैलिएको पुष्टि भएको थियो।

सीएनएनका अनुसार हाल प्रहरीले कोरोना संक्रमित उनलाई गिरफ्तार गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

Tags

छुटाउनु भयो कि ?