कोभिड-१९

भारतमा लगातार दोस्रो दिन थपिए ३ लाखभन्दा बढी संक्रमित

Lumbinikhabar Online

भारतमा लगातार दोस्रो दिन ३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३ लाख ३२ हजार ५ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि बिहीबार पनि २४ घण्टाभित्र ३ लाख १५ हजार संक्रमित थपिएका थिए।

यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी दैनिक मृत्यु दर २ हजार २ सय ५६ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टाको तथ्यांकसमेत भारतमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ।

यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या १ लाख ८६ हजार ९ सय २८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा पछिल्लो १० दिनयता कोरोना संक्रमणले दैनिक हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ। पछिल्लो १० दिनभित्र मात्रै १५ हजार संक्रमितको मृत्यु भएको छ।

छिमेकी भारतमा कोरोना संक्रमण भयावह बनेपछि नेपाल पनि उच्च जोखिममा परेको छ।

नेपालमा– दैनिक ३३० लाई चाहिन सक्छ आईसीयू-भेन्टिलेटर, यस्तो छ अहिलेको अवस्था?

यी पनि :

परिवर्तित कोरोनाको करामतले चिकित्सकसमेत चकित : रिपोर्ट नेगेटिभ, फोक्सोमा गम्भीर क्षति !

कोरोनाकालमा सुरक्षित खानपानका लागि यी हुन् अति आवश्यक ५ टिप्सः डब्ल्यूएचओ

Tags

छुटाउनु भयो कि ?