टप खबर

चट्याङमा परी महिलाको मृत्यु

Lumbinikhabar Online

मोरङ कानेपोखरी २ दलेलीकी ४३ वर्षीया सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ।

आज बिहान साढे ८ बजे उनी पानी परेकोले घरनजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भीर घाइते भएकी थिइन्।

घाइते राजवंशीको उपचारको लागि उर्लाबारीस्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?