News in Nepali

बिराटनगरमा ८ जना कोरोन संक्रमित ठिक भएर डिस्चार्ज भएका छन् ।

Lumbinikhabar Online

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । दयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्ट नै नेगेटिभ आएको छ र उनि हरु निको भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ३ १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो जस मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए । एक महिलासहित आठ जना डिस्चार्ज भएका छन् । उनीहरुमा तीन पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागिएको हो । कोरोन उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् । संक्रमित सबैको अवस्था सामान्य छ ।

Tags

छुटाउनु भयो कि ?