खेलकुद

TYC क्रिकेट क्लव चौहर्वाले आयोजना छैठो सिजन प्रतियोगिता सम्पन्न

Lumbinikhabar Online

सिरहा लहान १५ चैत – सिरहाको चौहर्वामा संचालित रहेको टि-२० क्रिकेट प्रतियोगीको उपाधि आयोजकले जितेका छन् । छैठो सिजन अन्तर्गत TYC क्रिकेट क्लव चौहर्वाको आयोजना तथा लहान LRL ल्याबोरेटरी र जसपा का जिल्ला सदस्य विजय कुमार यादवको विशेष सहयोगमा संचालित प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न आयोजक TYC चोहर्वा र MCC मिर्चैया क्रिकेट टिम बीच भएको फाइनल खेलमा आयोजकले एक विकेटले मिर्चैयालाई हराउदै उपाधि उचाल्न सफल भएका छन्। मिर्चैयाले टस जितेर पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुँदै १७८ रनको योगफल तयार पारेका थिए। यसै बीच १७९ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न उत्रेका आयोजक टिम १९ ओभर २ बल खेल्दै ९ विकेटको क्षतिमा १७९ रन बनाई विजय भएका हुन्। खेलको म्यान अफ द म्याच आयोजक टिमका रबिन्द्र महतो घोषित भए। रबिन्द्रले फाइनल खेलमा ४ विकेट लिनुका साथै १५ रन समेत बनाएका थिए। विजेता आयोजक टिमलाई लहान LRL ल्याबोरेटरी र जसपका जिल्ला सदस्य विजय कुमार यादव द्वारा नगद रु .२५ हजार ,शिल्ड,मेडल र प्रमाण-पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?