नेपाली सेनाले पहिलो चरणमा स्थलमार्गबाट ल्याउन सुरु गरेको स्वास्थ्य सामग्री आउने सातामात्रै आइपुग्ने भएको छ | सेनाको वैशाख २३ मा पहिलो लटको स्वास्थ्य सामग्री चीनबाट काठमाडौं उतार्ने बताएको थियो । तर, चीनमा लगातार ५ दिनको बिदाले गर्दा तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेको भनेर नेपाली सेना ले भनेको छ । स्वास्थ्य सामाग्री हरु स्थल मार्ग बाट अर्को साता आइपुग्ने छन् । स्थलमार्गबाट तातोपानी नाकासम्म सामान ल्याउन ७ दिन लाग्न सक्छ । अहिले सोमबार, बुधबार र बिहीबार गरेर तीन वटा कन्टेनर चाइना हिँडेको छ ।कोरोना भाइरसको महामारीका वेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं राष्ट्र हो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६