टप खबर

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा

Lumbinikhabar Online

गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन्।मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ, उनकी बुहारी आइत कुमारी गुरुङ र तिलबहादुरकी नातिनी (छोरीकी छोरी) १३ बर्षीया उषा गुरुङ छन्। विहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले खोजी गर्दा उनीहरु घरभित्रै मृत अवस्थामा फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान शुरु भएको हाम्रा संवाददाता आत्माराम श्रेष्ठले जनाएका छन्।

Tags

छुटाउनु भयो कि ?