टप खबर

दक्षिणकाली ट्रक दुर्घटनामा चालक र सह चालकको मृत्यु

Lumbinikhabar Online

माघ १४ – काठमाडौंको दक्षिणी नगरपालिका ९ मा ट्रक दुर्घटनामा एक चालक र सह चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मकवानपुरको थाहा नगरपालिका ४ का ट्रक चालक मोहनलाल रुम्बा र काठमाडौंको दक्षिणकालीका सह चालक गोमबहादुर बुढा रहेका छन्। ठहाखेलबाट फार्पिंग जाँदै गरेको बा ३ खा ६१९९ नम्बरको ट्रक हनुमानेको सडकबाट ५० मिटर तल खसेको थियो। गम्भीर घाइते रुम्बा र बुढालाई उपचारका क्रममा काठमाडौं राष्ट्रिय ट्रामा सेन्टर लगिएकोमा उपचारको क्रममा अन्तिम सास लिएको ट्राफिक प्रहरी डिभिजनले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?