बिबिध

ललितपुको टिकाथलीमा संचालनमा आयो रामारोसन किचेन

Lumbinikhabar Online

अछाम जिल्लाको महत्त्वपूर्ण पर्यटकीय स्थलका रुपमा रामारोसन क्षेत्रलाई लिइन्छ ।

रामारोसनकै नाममा अछाममा गाउँपालिकाको समेत नामाकरण गरिएको छ ।


यसैबीच, अछाम जिल्लाका युवा मिलेर रामारोसनमै नामबाट रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।ललितपुर जिल्लाको टिकाथलीमा रामारोसन किचेन संचालनमा आएको छ ।

फेब्रुअरी १४, भ्यालेन्टाइन्स डे को अवसर पारेर रामारोसन किचेनको औपचारिक उद्घाटन गरिएको हो ।
एक समारोहबीच बरिष्ठ अभिनेत्री मिथिला शर्माले रामारोसन किचेनको समुद्घाटन गर्नुभयो ।


रेष्टुरेन्टमा सबै प्रकारका परिकारहरु उपलब्ध गराइने रामारोसन किचेन, टिकाथलीका प्रबन्ध निर्देशक प्रेमबहादुर रावलले जानकारी दिए । “ग्राहकको सेवामा हामी निरन्तर प्रतिबद्ध छौं, हामी विशेष गरि स्थानीय परिकारहरुलाई विशेष प्राथमिकता दिनेछौं ” रावलले भने ।

Tags

छुटाउनु भयो कि ?