टप खबर

अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्छ: विश्वप्रकाश शर्मा

Lumbinikhabar Online

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएको छ ।

आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने बताएका हुन् ।

‘हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ’, उपसभापति शर्माले भने, ‘जेन-जीको  ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली कांग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ ।’

कांग्रेसले यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना उम्मेदवारहरू नयाँ उठाएको उनले बताए । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ ।

Tags

छुटाउनु भयो कि ?