टप खबर

म ती पुराना नेताहरूको भिडमा छैन: प्रचण्ड

Lumbinikhabar Online

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डाका लागि पुराना नेताहरूको भीडमा नरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भिडियो सन्देशमा संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफू निरन्तर संघर्षरमा रहेको बताएका छन् ।

‘धेरैलाई लाग्न सक्छ-म र मजस्ता पुराना नेताहरू एउटै हौँ। तर म स्पष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन,’ उनले भने, ‘देशलाई बन्धक बनाउने सत्ता भागबन्डाको सम्झौतामा म कहिल्यै सहभागी हुन चाहन्नँ। म फरक छु, यो प्रमाणित गरेर छाड्नेछु।’

आफ्नो काम र निष्ठाको मूल्याङ्कन तत्काल नभई भविष्यले गर्ने उनले बताए । ‘मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ’, उनले भावुक हुँदै भने ।

प्रचण्डले राजनीतिक यात्रामा आफूले गुमाउने जति सबै गुमाइसकेको बताएका छन्। ‘यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भनेका छन्, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्नेमा विश्वस्त छु। परिवर्तन अनिवार्य छ, भएरै छाड्नेछ।’

जेन-जीसहितका युवाहरूले उठाउँदै आएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका मुद्दाका सवाल युद्धकालदेखि नै उठाउँदै आएको दाबी गर्दै उनले अहिलेको भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उपयुक्त हुने बताएका छन्।

Tags

छुटाउनु भयो कि ?