नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन्।
शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्।
‘हामी देश बनाउने कित्तामा छौं। त्यसैले आगामी निर्वाचन देश जलाउने कि बनाउने भन्नेबीचको प्रतिस्पर्धा हुनेछ। आगामी निर्वाचनमा देश हार्नु हुँदैन। तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन,’ उनले भने।
उनले चुनावमा झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेका टिप्पणी गरेका छन्।

