टप खबर

राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु विजयी

Lumbinikhabar Online

राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन्। कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका छन्।

त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भएका छन्।

त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गिता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बन्नुभएका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका छन्।

त्यस्तै लुम्विनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भएका छन्।

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएका छन्।

त्यस्तै सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको थियो

Tags

छुटाउनु भयो कि ?