टप खबर

सुन​को मुल्य​मा न​या रेकर्ड, ३ लाख रुपैया नाघ्यो

Lumbinikhabar Online

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो ।

गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन  दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री  भएको थियो ।

Tags

छुटाउनु भयो कि ?