पाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको दाबी गरेका छन्। बिहीबार मोरङ–६ सुन्दरहरैंचामा कांग्रेसका समर्थकहरूसँगको भेटघाटमा उनले विशेष महाधिवेशनमा नजाँदा पार्टी विभाजन हुनबाट जोगिएको बताए।
उनले भने, “त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ।”कोइरालाका अनुसार त्यतिबेला कांग्रेसभित्र एउटा समूह विशेष महाधिवेशन र अर्को समूह नियमित महाधिवेशनको पक्षमा थियो। यस्तो विभाजित परिस्थिति हुँदा आफूले विशेष महाधिवेशनको हलमा गएर सहभागी भए पार्टी दुई टुक्रा हुने निश्चित भएको उनको दाबी छ।
डा. कोइरालाले विशेष महाधिवेशनमा गएर सभापति बन्ने अवसर समेत आउन सक्ने अवस्था रहे पनि पार्टी फुट्ने खतरा देखेपछि त्यहाँ नगएको स्पष्ट पारे।

