कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेका उनको उम्मेदवारी बिहीबार निर्वाचन आयोगले खारेज गरिदिएको हो ।
जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो ।
चौधरी कैलालीको टीकापुर हत्याकाण्डका प्रमुख दोषी हुन् । उनले उक्त प्रकरणमा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर सजाय भोगिसकेका छन् ।

